महाधिवेशन रोक्न देउवा पक्षको माग, सर्वोच्चमा ११ भदौमा सुनुवाइ
kalakarmi.com · Tue Aug 25 08:02:17 GMT 2026

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद थप चर्किएको छ । पूर्वसभापति शेरबहादुर देउवा समूहले महाधिवेशनको प्रक्रिया तत्काल रोक्न माग गर्दै सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको छ ।
देउवा समूहको तर्फबाट दर्ता गरिएको निवेदनमाथि ११ भदौका लागि पेसी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिएका छन् । देउवा समूहको वारेसका रूपमा अधिवक्ता श्रवणकुमार देवले निवेदन दर्ता गराएका हुन् । देउवा समूहले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतमा पुनरावलोकनको प्रक्रिया विचाराधीन रहेकाले त्यसको अन्तिम टुंगो नलागेसम्म कांग्रेसको १५औँ महाधिवेशनसम्बन्धी प्रक्रिया अघि बढाउन नहुने जिकिर गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)