धानको न्यूनतम समर्थन मूल्य तोकियो, खरिद गर्ने सहकारीले पाउनेछन् अनुदान
ratopati.com · Tue Aug 25 08:36:14 GMT 2026

काठमाडौँ । नेपाल सरकारले चालू आर्थिक वर्ष २०८३/८४ का लागि मोटा र मध्यम धानको न्यूनतम समर्थन मूल्य तोकेपछि त्यसैअनुसार धान खरिद गर्ने सहकारीहरूलाई व्यवस्थापन खर्च उपलब्ध गराउने भएको छ।
कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय कृषि आधुिनकीकरण कार्यक्रम, कार्यक्रम व्यवस्थापन एकाइले एक सूचना जारी गर्दै न्यूनतम समर्थन मूल्यमा धान खरिद र व्यवस्थापन गर्ने सहकारी संस्थाहरूलाई प्रोत्साहनस्वरूप व्यवस्थापन खर्च उपलब्ध गराउने जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)