पियरसनले सार्वजनिक गर्यो आधिकारिक पीटीई एआई प्राक्टिस प्लेटफर्म
ajakoartha.com · Tue Aug 25 08:35:00 GMT 2026

काठमाडौं– विश्वव्यापी अंग्रेजी भाषा परीक्षण प्रदायक पियरसनले पीटीई परीक्षाको तयारीका लागि आधिकारिक‘पीटीई एआई प्राक्टिस’ प्लेटफर्म सार्वजनिक गरेको छ। पियरसनका अनुसार नयाँ अनलाइन प्लेटफर्म पीटीई एकेडेमिक र पीटीई कोर दुवै परीक्षाको तयारी गर्ने विद्यार्थीलाई लक्षित गरी तयार गरिएको हो।
प्लेटफर्ममा पियरसनले नै तयार गरेका आधिकारिक अभ्यास प्रश्न, एआईमा आधारित स्कोरिङ तथा प्रतिक्रिया, पूर्ण मोक टेस्ट, सेक्सनअनुसार अभ्यास र व्यक्तिगत अध्ययन सुझाव उपलब्ध हुनेछन्। विद्यार्थीले अभ्यासका क्रममा प्राप्त नतिजा हेरेर आफ्नो प्रगति ट्र्याक गर्न तथा थप सुधार आवश्यक पर्ने विषय पहिचान गर्न सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)