३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
ratopati.com · Tue Aug 25 08:40:38 GMT 2026

काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका १५ स्थित चमतीबाट ३१ लाख नगदसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण व्यूरोबाट खटिएको टोलीले स्रोत नखुलेको नगदसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ५२ वर्षीय चिनियाँ नागरिक मा यागुबी छन्।
लागुऔषध कारोबारको सूचनालाई पछ्याउँदै जाँदा चिनियाँ नागरिकको साथबाट स्रोत नखुलेको नगद बरामद गरिएको लागुऔषध नियन्त्रण ब्यूराेका एसएसपी सुबास बोहराले रातोपाटीलाई बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)