बुधवार प्रधानमन्त्री शाहलाई सांसदले सोध्नेछन् प्रश्न, ११ जनाले गराए दर्ता
kalakarmi.com · Tue Aug 25 08:36:52 GMT 2026

काठमाडौं- प्रतिनिधिसभाको बुधवार बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका ११ जना सांसदले प्रधानमन्त्री शाहलाई प्रत्यक्ष प्रश्न सोध्ने भएका छन् ।
संसद् सचिवालयका अनुसार सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समीक्षा बास्कोटा, कृष्णहरि बुढाथोकी र अमरेशकुमार सिंहले प्रश्न सोध्ने भएका छन् । त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट प्रमुख सचेतक बासना थापा र सांसद गीता गुरुङले प्रधानमन्त्रीलाई प्रश्न गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)