प्रविधिमैत्री बन्दै जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वको सेवा
annapurnapost.com · Tue Aug 25 08:53:16 GMT 2026

रुकुमपूर्व : जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वबाट प्रवाह हुने सेवाहरूलाई छिटो, छरितो र प्रविधिमैत्री बनाउन विभिन्न निवेदनका ढाँचा क्यूआर कोडमार्फत उपलब्ध गराइएको छ। सेवाग्राही नागरिकले आफूले लिन चाहेको सेवासँग सम्बन्धित निवेदनको ढाँचा क्यूआर कोड स्क्यान गरी मोबाइलबाटै डाउनलोड गर्न सक्ने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले जनाएको छ।
निवेदनको ढाँचा लिन कार्यालयमै पुग्नुपर्ने बाध्यता हटाउँदै सेवाग्राहीलाई घरबाटै आवश्यक ढाँचा डाउनलोड गरी तयार गर्न सक्ने व्यवस्था गरिएको हो। यसबाट सेवाग्राहीको समय र श्रम बचत हुनुका साथै कार्यालयको सेवाप्रवाह थप सहज हुने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)