नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोट्र्स सुरु
ajakoartha.com · Sat Jul 11 04:08:00 GMT 2026
काठमाडौं- नेपाल मेडिकल कलेजमा आजदेखि १५ दिने च्यारिटी स्पोट्र्स फेस्ट सुरु भएको छ । शुक्रबार कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले म्याराथुनको उद्घाटन गर्दै २ सातासम्म हुने च्यारिटी स्पोट्र्स फेस्टको सुरुवात गरे ।
म्याराथुनमा पुरूष तर्फ अजय क्षेत्री प्रथम हुँदा सुमन तामाङ दोश्रो र मनिष ऐर तेश्रो भए । महिला तर्फ सन्ध्या पौडेल प्रथम हुँदा क्रमशः रोशीका बैद्य र दर्शिता भण्डारी दोश्रो र तेश्रो भए । उनीहरूलाई कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)