इयुका नयाँ राजदूत नेपाल आइपुगे
ratopati.com · Wed Sep 02 07:03:16 GMT 2026

काठमाडौँ । नेपालका लागि युरोपेली युनियन (इयु) को नयाँ राजदूतमा चाल्र्स ह्वाइटली काठमाडौँ आइपुगेका छन् । हिजो नेपाल आएर कार्यभार सम्हालेका चाल्र्सले सगरमाथाको देश नेपालमा आफ्नो नयाँ जिम्मेवारी सम्हाल्न पाउँदा खुसी लागेको बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत नेपालमा बिताउने आगामी तीन वर्षको कार्यकालमा युरोपेली युनियनलाई नेपालको एक उत्कृष्ट र सुदृढ साझेदारका रूपमा अगाडि बढाउन सक्रिय भएर काम गर्ने प्रतिबद्धता पनि जनाएका छन् । कूटनीतिक क्षेत्रमा लामो अनुभव सँगालेका चाल्र्स यसअघि बङ्गलादेशका लागि राजदूतका रूपमा कार्यरत थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)