आयात ३१ प्रतिशत बढ्यो, तर बजारको खपत होइन मूल्यवृद्धिको दबाब
bishowkhabar.com · Tue Aug 25 09:03:10 GMT 2026

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालको कुल आयात ३१ प्रतिशतले बढेर १ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ । तर आयातमा देखिएको यो उच्च वृद्धि आन्तरिक बजारको वास्तविक माग र खपत बढेका कारण नभई अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि तथा इन्धन आयातमा भएको बढोत्तरीका कारण भएको देखिएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार साउनमा सबैभन्दा बढी रकम बाहिरिएका १६ प्रमुख वस्तुको आयात मात्रै ७९ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको साउनको तुलनामा ४२ प्रतिशत बढी हो । कुल आयातमा यी वस्तुको हिस्सा ४२.५९ प्रतिशत रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)