कलाकारितादेखि रंगशालाको ऋणसम्म: फेरि पर्दामा फर्किए ‘धुर्मुस’
clickmandu.com · Tue Aug 25 09:14:35 GMT 2026

काठमाडौं । कुनै समय नेपाली हास्यव्यङ्ग्यका अत्यन्त लोकप्रिय पात्र थिए ‘धुर्मुस’। टेलिभिजनको पर्दामा सामान्य नेपालीको बोली, हाउभाउ र व्यङ्ग्यलाई सहज रूपमा प्रस्तुत गरेर दर्शकको मन जितेका सीताराम कट्टेलका लागि ‘धुर्मुस’ केवल एउटा पात्र मात्र रहेन, उनको पहिचान नै बन्यो । तर कलाकारिताको उचाइमा पुगेका कट्टेल एक समय पर्दाबाट लगभग हराए । त्यसको कारण थियो– समाजसेवा र राष्ट्र निर्माणको ठूलो सपना।
भूकम्पपीडितका लागि बस्ती निर्माणदेखि चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने महत्त्वाकांक्षी अभियानसम्म आइपुग्दा उनको परिचय कलाकारबाट सामाजिक अभियन्ता हुँदै निर्माणकर्तासम्म फैलियो । तर रंगशालाको अधुरो यात्रा, आर्थिक दायित्व र करिब १८ करोड ४३ लाख रुपैयाँको ऋणले उनको व्यक्तिगत र व्यावसायिक जीवनमा गहिरो असर पार्यो । अन्ततः छोरीको उपचारका लागि अमेरिका पुगेका उनी फेरि आफ्नै पेसा कलाकारितातर्फ फर्किएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)