व्यवहारिक सीप र अन्तर्राष्ट्रिय अवसरले नेपाल इन्जिनियरिङ कलेजतर्फ विद्यार्थीकाे आकर्षण
ajakoartha.com · Sat Jul 11 04:31:00 GMT 2026

काठमाडौं- केही वर्षअघिसम्म विज्ञान संकायका उत्कृष्ट विद्यार्थीका लागि इन्जिनियरिङ अध्ययन गर्न विदेश जानु नै सफलताको पर्यायजस्तै मानिन्थ्यो । प्लस टुपछि अष्ट्रेलिया, अमेरिका, क्यानडा वा जापान जाने योजना बनाउने विद्यार्थी धेरै थिए । अभिभावकको सोच पनि त्यही थियो—उज्ज्वल भविष्यका लागि विदेश नै आवश्यक छ । तर अहिले परिस्थिति बदलिँदै गएको छ । बढ्दो अध्ययन खर्च, विदेशी विश्वविद्यालयको महँगो शुल्क, नेपालमै विस्तार भइरहेको सूचना प्रविधि उद्योग, अन्तर्राष्ट्रिय कम्पनीको उपस्थिति र गुणस्तरीय प्राविधिक शिक्षाको पहुँचले धेरै विद्यार्थीलाई स्वदेशमै भविष्य खोज्न प्रेरित गरिरहेको छ ।
भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) ले शैक्षिक सत्र २०८३ का लागि आयोजना गरेको प्रवेश परीक्षामा देखिएको उत्साहले पनि यही परिवर्तनको संकेत गरेको छ । देशका विभिन्न जिल्लाबाट आएका विद्यार्थी परीक्षा दिन मात्र आएका थिएनन्, उनीहरू आफ्नो भविष्यको सम्भावना पनि खोजिरहेका थिए । अधिकांश विद्यार्थीको धारणा एउटै थियो—सही वातावरण, व्यवहारिक सिकाइ र अवसर पाए नेपालमै बसेर पनि अन्तर्राष्ट्रिय स्तरको इन्जिनियर बन्न सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)