टेलिकमलाई दिइसकेको फ्रिक्वेन्सी लिलामी गर्ने भन्दै ‘नौटङ्की’ सुरु, कोही छैनन् प्रतिस्पर्धी
techpana.com · Tue Aug 25 09:21:11 GMT 2026

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ८०० मेगाहर्ज ब्यान्डमा बाँकी रहेको फ्रिक्वेन्सी लिलाम बढाबढ (अक्सन) मार्फत वितरण गर्न बोलपत्र आह्वान गरेको छ । प्राधिकरणले मङ्गलबार एक सूचना जारी गर्दै मोबाइल तथा आधारभूत टेलिफोन सेवा प्रदायकहरूका लागि ८०० मेगाहर्ज ब्यान्डको २x५ मेगाहर्ज ब्यान्डविथ फ्रिक्वेन्सी लिलामीको प्रक्रिया अगाडि बढाएको हो ।
तर, बजारमा वास्तविक प्रतिस्पर्धीको अभाव, निजी क्षेत्रको ठुलो मोबाइल अपरेटर एनसेलको अर्बौं रुपैयाँको बक्यौता विवाद र अर्को सम्भावित प्रदायक यूटीएलको निष्क्रियताका कारण यो लिलामी प्रक्रिया केवल औपचारिकता र नेपाल टेलिकमलाई सो फ्रिक्वेन्सी सुम्पने वैधानिक कर्मकाण्ड मात्र बन्ने देखिएको छ । "यो त एउटा मात्रै प्रतियोगीलाई सहभागी गराएर प्रथम घोषित गर्ने खेल जस्तो भयो," दूरसञ्चार क्षेत्रका एक जानकारले टिप्पणी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)