गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध
nagariknews.nagariknetwork.com · Sat Jul 11 04:40:25 GMT 2026

कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ।
सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी सौरभकुमार सिंहले अविरल वर्षापछि गगनेखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको बताए। कार्यालयका अनुसार पहिरो हटाउनका लागि बिहान ३ः०० बजेदेखि काम भइरहेको छ। यसका लागि सडक डिभिजन सुर्खेतसँग आवश्यक समन्वय भइरहेको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)