रामकृष्ण माकाजु र रामेश्वर खनाललाई हेमबहादुर मल्ल सम्मान
nepalviews.com · Tue Aug 25 09:37:14 GMT 2026

काठमाडौं । नेपाल जन–प्रशासन सङ्घले सार्वजनिक प्रशासन, सार्वजनिक सेवा, व्यवस्थापन तथा संस्थागत विकासमा योगदान पुर्याएका डा. रामकृष्ण माकाजु श्रेष्ठ र पूर्व अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई हेमबहादुर मल्ल सम्मान प्रदान गरेको छ ।
सङ्घ र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको संयुक्त आयोजनामा आयोजित विशेष समारोहमा माकाजु श्रेष्ठलाई हेमबहादुर मल्ल सम्मान २०८१ र खनाललाई हेमबहादुर मल्ल सम्मान २०८२ प्रदान गरिएको हो । सम्मानसँगै दुवैलाई जनही दुई लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)