सुस्तामा नारायणी नदीको कटान, भूमि जोगाउने प्रयास
gorkhapatraonline.com · Tue Aug 25 09:36:47 GMT 2026

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका –५ स्थित नारायणी नदीपारीको ऐतिहासिक भूमि सुस्तामा नदीले निरन्तर कटान गरिरहेको छ । नारायणी नदीको वेगले यस वर्ष दिशा परिवर्तन गर्दै स्थायी तटबन्ध निर्माण हुन नसकेको क्षेत्रबाट नेपाली भूमि कटान गरिरहेको हो ।
भारतीय अवरोधका कारण ठेक्का सम्झौता भएर पनि निर्माण हुन नसकेको स्थानबाटै नदीले कटान गरिरहेको स्थानीयले बताएका छन् । नदीको कटान रोक्न अहिले अस्थायी रूपमा बोरामा माटो भरेर तटबन्ध निर्माण गर्नुका साथै ‘प्रकुपाइन’ (बाढिको बेग नियन्त्रण गर्ने त्रिभूज आकारको सिमेन्टको संरचना) राखेर नदीको वेग नियन्त्रण गर्ने प्रयास भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)