दक्षिण सुडानमा दुई शान्ति रक्षकको हत्या
nepalnews.com · Tue Aug 25 09:40:02 GMT 2026

सुडान । दक्षिण सुडानको जोङ्लेई राज्यमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनको गस्तीमाथि भएको आक्रमणमा दुई इथियोपियाली शान्ति रक्षकको मृत्यु भएपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले घटनाको कडा निन्दा गरेका छन्।
महासचिवका प्रवक्ता स्टेफान डुजारिकका अनुसार सोमबार अज्ञात सशस्त्र समूहले संयुक्त राष्ट्रसंघीय मिसन इन साउथ सुडान (युएनएमआइएसएस) को गस्तीमाथि आक्रमण गरेको थियो । आक्रमणमा तीन इथियोपियाली शान्ति रक्षक, दुई दक्षिण सुडानी प्रहरी कर्मचारी र युएनएमआइएसएसका दुई नागरिक कर्मचारी गरी सात जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)