कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
reportersnepal.com · Tue Aug 25 09:41:48 GMT 2026

फिक्कल (इलाम), ९ भदौ । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन् । आफ्नो जवान, उमेर र जाँगर पैसासँग साटेर फर्कन्छन् । स्वदेश फर्केपछि सुविधा सम्पन्न सहरमा बसाइँ सर्छन् । गाउँमा रहेका जग्गा जमिन समेत बाँझै छाडेर सहर केन्द्रित हुन्छन् । सहरमा घडेरी किन्छन्, घर बनाउँछन् र बस्छन् । मोजमस्तीको बहानामा विदेशमा कमाएका पैसा अनुत्पादनक क्षेत्रमा नै खर्चिन्छन् तर इलामको चुलाचुली गाउँपालिका–१ चौबिसेका सन्देश नेम्बाङ त्यस्ता युवा हुन्, जसले विदेशमा कमाएको पैसा उत्पादनमूलक क्षेत्रमा नै लगानी गरेका छन् ।
पाँच वर्ष दक्षिण कोरियामा बसेर कमाएको पैसाले गाउँमा कृषि तथा पशुपालन व्यवसायमा लागेका छन् । २०७६ सालमा ‘साम्बाङ एग्रो फार्म’ दर्ता गरी कृषि तथा पशुपालन व्यवसाय सुरु गरेका हुन् । आफ्नै गाउँमा १७ बिघा जग्गामा कृषि तथा पशुपालन व्यवसाय गर्दै आएको उनले बताए । कोरियामा देखेको कृषि प्रविधिको सीपलाई उपयोग गर्दै आफ्नै दुई बिघा जमिन र १५ बिघा जमिन भाडामा लिएर कृषि तथा पशुपालन व्यवसाय गरिरहेको उनले सुनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)