पर्यटक आगमन बढ्यो, होटल र पर्यटन कम्पनी घाटामा
himalpress.com · Tue Aug 25 09:52:18 GMT 2026

काठमाडौँ- नेपालमा पर्यटक आगमन बढ्दै गएर यस वर्ष कोभिडअघिको स्तरमा पुग्ने क्रममा रहे पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत होटल तथा पर्यटन क्षेत्रका कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ मा तीव्र वित्तीय दबाब बेहोरेका छन्।
नेप्सेमा सूचीकृत होटल तथा पर्यटन क्षेत्रका आठ कम्पनीको आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणअनुसार कुल आम्दानी १४.५ प्रतिशतले घटेर ६ अर्ब पाँच करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षमा यी कम्पनीले संयुक्त रूपमा सात अर्ब आठ करोड रुपैयाँ आम्दानी गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)