छायांकन प्रारम्भ भए सँगै ६ देशमा विक्री भयो ‘यानीमाया’ को प्रदर्शन अधिकार
kalakarmi.com · Tue Aug 25 10:01:34 GMT 2026

काठमाडौं- नायक पल शाहको निर्माणमा धमाधम छायांकन भइरहेको फिल्म ‘यानीमाया’ को विभिन्न ६ देशमा प्रदर्शन अधिकार विक्री भएको छ । निर्माणपक्षले दिएको जानकारी अनुसार, फिल्मको प्रदर्शन अधिकार हङकङ, जापान, कोरिया, मलेसिया, कतार र थाइल्याण्डमा गरिएको हो ।
अन्य देशबाट पनि फिल्म रिलिजका लागि कुरा भइरहेको भन्दै निर्माणपक्षले चाडै नै फाइनल हुने उल्लेख गरेको छ । फिल्म ‘मोहर’ पछि विदेशी बजारमा पलको क्रेज ह्वात्तै बढेको छ । पलले नै अभिनय गरेको फिल्म ‘आ बाट आमा’ ले पनि विदेशी बजारमा सुखद व्यापार गरेको थियो । फिल्म ‘यानीमाया’ पनि घोषणा भएसँगै चर्चामा रहेको छ । यो फिल्मको ४० दिनको सेड्यूल तय गर्दै छायांकन भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)