लुम्बिनी प्रदेशका तीन नयाँ मन्त्रीले लिए शपथ
nepalnews.com · Tue Aug 25 10:08:21 GMT 2026

बुटवल । लुम्बिनी प्रदेश सरकारका तीन जना नव नियुक्त मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरसमक्ष बुटवलमा नव नियुक्त स्वास्थ्य मन्त्री दीपेन्द्रकुमार पुन, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रजीत थारू र कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री कृष्णा कुश्मा थारूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्तीमगर, उपसभामुख मेनुका खाँड केसीलगायतको विशेष उपस्थितिमा शपथ ग्रहण समारोह आयोजना गरिएको थियो। प्रदेश प्रमुख घर्तीमगरले मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मौजुदा मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)