सुपर मादी हाइड्रोपावरले १५ प्रतिशत बोनस शेयर दिने, असोज १ मा साधारण सभा
arthadabali.com · Tue Aug 25 10:08:25 GMT 2026

काठमाडौँ / सुपर मादी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको भदौ ८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा १५ प्रतिशत बोनस शेयर र त्यसको कर प्रयोजनका लागि ०.७८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बोनस शेयरको मूल्य ३४ करोड ७२ लाख ८७ हजार ५०० रुपैयाँ बराबर हुनेछ । उक्त लाभांश विद्युत् नियमन आयोगको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिने कम्पनीले जनाएको छ । लाभांश प्रस्ताव अनुमोदन गर्न कम्पनीले असोज १ गते बिहान ११ बजे काठमाडौंस्थित होटल इम्पेरियल मा १७औँ वार्षिक साधारण सभा बोलाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)