सुनिल पौडेलको मुद्दामा विशेष अदालतबाट भएको फैसलाको प्रमाणित प्रतिलिपि मगाउन आदेश
ratopati.com · Tue Aug 25 10:08:39 GMT 2026

काठमाडौँ। काठमाडौँ जिल्ला अदालतले लिखत सम्बन्धी कसूरमा आरोपित सुनिल पौडेलको मुद्दामा विशेष अदालतबाट भएको फैसलाको प्रमाणित प्रतिलिपि मगाउन आदेश दिएको छ ।
जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको इजलासले मंगलबार विशेष अदालतबाट भएको फैसलाको प्रतिलिपी मगाउने आदेश गरेको हो। आदेशमा भनिएकाे छ,"विशेष अदालतबाट उक्त मुद्दाको फैसला भएको भए सोको प्रमाणित प्रतिलिपि झिकाई प्राप्त भएपश्चात प्रतिवादी सुनिल पौडेलको बयानको लागि कारागारबाट झिकाई पेशी चढाई सोको जानकारी प्रतिवादी तथा जिल्ला सरकारी वकील कार्यालयलाई दिनू।"
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)