स्रोत नखुलेको ३१ लाख रूपैयाँसहित चिनियाँ नागरिक पक्राउ
annapurnapost.com · Tue Aug 25 10:08:15 GMT 2026

काठमाडौं : लागुऔषध कारोबारमा संलग्न एक चिनियाँ नागरिक पक्राउ परेका छन्। प्रहरीको लागु औषध नियन्त्र ब्युरोले ५२ वर्षीय मा यागुबी नामका व्यक्तिलाई चौमतीबाट पक्राउ गरेको हो।
प्रहरीले उनको साथबाट स्रोत नखुलेको ३१ लाख रुपैयाँ बरामद गरेको छ। ब्युरोका प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीका अनुसार ती चिनियाँ नागरिकको घरबाट ३१ लाख नगदसहित एक थान पासपोर्ट, सुन काट्न प्रयोग हुने कैँची, ह्यामर, डिजिटल तराजु, क्यालकुलेट, विभिन्न कम्पनीका चार थान मोइबाल र एनआइएमबी र एनआइसी एसिया बैंकको चेक बुक बरामद गरेको छ
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)