विशेष महाविधेशनको वैधानिकतामाथि नै प्रश्न उठ्ने इतर समूहको प्रस्ताव
ratopati.com · Tue Aug 25 10:19:59 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको निर्वाचन समितिको भदौ २ गतेको बैठकले भदौ २४ गते वडा अधिवेशन गर्दै १५औँ महाधिवेशनअन्तर्गत अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । तर, त्यसविरुद्ध २०७८ मंसिरमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सभापति शेरबहादुर देउवालले त्यो महाधिवेशन प्रक्रिया रोक्न भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । उनी र निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले दायर गरेका रिट सर्वोच्च प्रशासनले मंगलबार दर्ता गर्दै भदौ ११ गते बिहीबारका लागि पेसी तोकेको छ ।
नेपाली कांग्रेसको आधिकारिकता विवादमा देउवा र खड्काले नै दायर गरेका छुट्टाछुट्टै रिटमा पूर्ण इजलासले मुद्दा सुरुबाटै सुनुवाइ गर्नेगरी पुनरवलोकनको अनुमति दिएको थियो । त्यसपछि संस्थापनले एकलौटी रूपमा महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरेको भन्दै देउवा र खड्का पूरक रिट लिएर सर्वोच्च पुगेका हुन् । पूरक रिट सर्वोच्च प्रशासनले दर्ता गरेर पेसी नै तोकेपछि अब सर्वोच्चको फैसला अगावै कांग्रेसमा १४औँ महाधिवेशनबाट आएको समिति र विशेष महाधिवेशनबाट आएको समितिबिच सहमति हुन्छ कि हुन्न भने चर्चा सुरु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)