परिवारको सम्पर्कविहीन बनेकी महिला गागन खोला पुलनजिक मृत फेला
kalakarmi.com · Tue Aug 25 10:33:21 GMT 2026

सिरहा- सिरहाको गोलबजार नगरपालिका–३ स्थित गागन खोलाको पुल नजिकै फेला परेको शवको पहिचान खुलेको छ । मृतक नरहा गाउँपालिका–३ खोरियाकी अन्दाजी ६५ वर्षीया सुलेखुल खातुन रहेको खुलेको हो ।
खातुन हिजो सोमवारदेखि परिवारको सम्पर्कमा नआएपछि हराइरहेकी थिइन् । खोजी गर्ने क्रममा आज (मंगलवार) गागन खोलाको पुल नजिकै उनको शव फेला परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)