वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री भ्रष्टाचार मुद्दामा दोषी ठहर
ratopati.com · Tue Aug 25 10:38:13 GMT 2026

काठमाडौँ। विशेष अदालतले प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र न्यायाधीश हेमन्त रावलको इजलासले मंगलबार थापालाई घुस रिसवतमा दोषी ठहर गरेको हो।
लागुऔषध मुद्दा मिलाइदिने बहानामा सेवाग्राहीबाट घुस लिएको अभियोगमा गत जेठ १३ गते जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)