देवकोटा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त
gorkhapatraonline.com · Wed Sep 02 07:13:00 GMT 2026

प्रदेश सभा सदस्य फणीन्द्र देवकोटा गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त हुनुभएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार मन्त्रिमण्डलमा हेरफेर गर्दै देवकोटालाई मन्त्री नियुक्त गर्नुभएको हो ।
गोरखा–२ बाट निर्वाचित देवकोटा नेपाली समाजवादी पार्टी (नयाँ शक्ति)का गण्डकी प्रदेश संयोजकसमेत हुनुहुन्छ । उहाँ तेस्रो पटक मन्त्री नियुक्त हुनुभएको हो । यही भदौ १० गते नेकपा (एमाले) सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री पाण्डेले मन्त्रिमण्डलमा हेरफेर गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)