अमेरिकामा दुई लाखसम्म भिसा रद्द गर्ने तयारी, शरण आवेदन दिएका विदेशी निशानामा
bishowkhabar.com · Tue Aug 25 10:52:27 GMT 2026

काठमाडौं– अमेरिकी सरकारले अध्यागमन प्रणालीका कानुनी छिद्र बन्द गर्ने भन्दै दुई लाखसम्म विदेशी नागरिकको पर्यटक तथा व्यापारिक भिसा रद्द गर्ने तयारी गरेको छ । छोटो अवधिका लागि अमेरिका प्रवेश गरेपछि शरणका लागि आवेदन दिएका वा आवेदन दिइरहेका व्यक्तिहरूलाई लक्षित गर्दै यस्तो कदम चाल्न लागिएको हो ।
अमेरिकी विदेश मन्त्रालयले सन् २०१६ देखि २०२६ बीच जारी भएका बी–१ र बी–२ भिसामध्ये अमेरिका प्रवेश गरेपछि शरणका लागि आवेदन दिने व्यक्तिहरूको भिसा रद्द गर्ने प्रक्रिया अघि बढाएको हो। योजना कार्यान्वयन भएमा अमेरिकी इतिहासमै एकैपटक यति ठूलो संख्यामा भिसा रद्द हुने अवस्था बन्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)