आईसीसीको कारबाहीमा परे श्रीलंकाली स्पिनर प्रभात जयसूर्या
ratopati.com · Tue Aug 25 11:04:36 GMT 2026
काठमाडौँ । श्रीलंकाली स्पिनर प्रभात जयसूर्या भारतविरुद्ध दोस्रो आईसीसी विश्व टेस्ट च्याम्पियनसिपअन्तर्गत टेस्ट खेलमा भएको घटनाका कारण आईसीसीको कारबाहीमा परेका छन् ।
जयसूर्या कोलम्बो टेस्टमा कारबाहीमा पर्ने तेस्रो खेलाडी बनेका हुन् । आईसीसीले उनलाई खेलाडी तथा खेलाडी सहयोगी कर्मचारीका लागि बनाइएको आचारसंहिता उल्लङ्घन गरेको ठहर गरेको छ । उनलाई कारबाही गरिएको धारा अन्तर्राष्ट्रिय खेलका क्रममा क्रिकेट सामग्री, मैदानका उपकरण वा अन्य संरचनाको दुरुपयोगसँग सम्बन्धित छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)