अमेरिकाको विस्तारित आर्थिक प्रतिबन्ध सामना गर्न ‘पूर्ण रूपमा तयार’ छाैँ - इरान
arthasansar.com · Tue Aug 25 11:00:50 GMT 2026

इरानले अमेरिकाले थप कडा बनाएको आर्थिक प्रतिबन्धको सामना गर्न आफू पूर्ण रूपमा तयार रहेको जनाएको छ। अमेरिकाले इरानलाई विश्व अर्थतन्त्रबाट अलग गर्ने प्रयासस्वरूप नयाँ प्रतिबन्ध घोषणा गर्दै यसलाई ‘आर्थिक डी–डे’को संज्ञा दिएको छ। इरानका अर्थमन्त्री अली मदानिजादेहले नयाँ प्रतिबन्धको सामना गर्न तेहरान पूर्ण रूपमा तयार रहेको बताएका छन्। उनले अमेरिकी कदमले अन्ततः अमेरिकाकै अर्को हार हुने दाबी गरेका छन्।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले नयाँ प्रतिबन्ध घोषणा गर्दै इरानसँग आर्थिक कारोबार गर्ने कुनै पनि देशलाई समेत अलग्याइने चेतावनी दिएका छन्। उनले इरानसँग कारोबार गर्ने बैंक तथा व्यवसायले सम्बन्ध तोड्न अस्वीकार गरे उनीहरूले पनि इरानकै आर्थिक अलगाव सामना गर्नुपर्ने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)