२५ करोड कमाइसकेको ‘गौंथली’को अफर – ६० वर्षमाथिका दर्शकले नि:शुल्क हेर्न पाउने
nepalpress.com · Tue Aug 25 11:02:58 GMT 2026

काठमाडौं । २५ करोडमाथि ग्रस कलेक्सन गरिसकेको ‘गौँथली’ फिल्मको निर्माण टिमले ज्येष्ट नागरिकलाई निःशुल्क फिल्म हेर्ने अफर ल्याएको छ । यही भदौ १० गतेदेखि २१ गतेसम्म ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निशुल्क हेर्न पाउनेछन् ।
यसका लागि खल्ती एकबाट फिल्मको टिकट काट्नुपर्नेछ । खल्तीमा काटेको टिकटको पैसा पछि आफ्नै खातामा फिर्ता हुनेछ । तर, रिफन्डका लागि आफ्नो नागरिकता र तस्बिर भने पठाउनुपर्ने निर्देशक कपिल रिजालले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)