विपन्न बालबालिकालाई गाउँपालिकाको आवासीय शिक्षा सुविधा
baahrakhari.com · Tue Aug 25 11:06:54 GMT 2026

गोरखा । आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई सहिदलखन गाउँपालिकाले आवाससहितको शिक्षाको प्रबन्ध गरेको छ।
पालिका भित्रका विपन्न बालबालिकालाई लक्षित गर्दै गाउँपालिकाले वडा-६ घैरुङ बाँसकोटस्थित हिमालय माविमा आवाससहित पढ्न पाउने व्यवस्था गरेको हो । पालिकावासीलाई शिक्षाको अधिकार सुनिश्चित गर्न हिमालय माविमा आवासीय शिक्षाको व्यवस्था गरिएको पालिकाका अध्यक्ष रमेश थापा मगरले बताए। “पालिकाभित्रका अनाथ, असहाय र आर्थिक रूपमा विपन्न बालबालिकाहरूलाई सुरक्षित आवाससहित गुणस्तरीय शिक्षा दिने उद्देश्यले छात्रावास सञ्चालनमा ल्याएका हौँ,'' अध्यक्ष थापाले भने।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)