‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तीकरणको आधार’
gorkhapatraonline.com · Fri Jun 26 06:29:33 GMT 2026
कुनै समय थियो, नेपाली समाजमा छोरीहरूले क्रिकेट मैदानमा पाइला टेक्नु निकै चुनौतीपूर्ण मानिन्थ्यो । घरको चौघेरा, चुलो–चौको र परम्परागत भूमिकाभित्र सीमित गरिएका छोरीहरूका लागि खेलकुदमा भविष्य देख्नु सजिलो थिएन । खेल मैदानमा उनीहरूको उपस्थिति अपवादजस्तै थियो । राष्ट्रिय टोलीको जर्सी लगाउने सपना त झन टाढाको कुरा ।
दक्षिण अफ्रिकाका महान् नेता नेल्सन मण्डेलाले भन्नुभएको थियो, “खेलकुदमा संसार परिवर्तन गर्ने शक्ति हुन्छ । यसमा मानिसहरूलाई एकताबद्ध गर्ने र जहाँ निराशा मात्र छ, त्यहाँ आशा जगाउने अद्भूत क्षमता हुन्छ ।” आज नेपालमा महिला क्रिकेटले यही परिवर्तनको कथा लेखिरहेका छन् । हिजो बेल्ना चौकामा सीमित हातहरूले आज आत्मविश्वासका साथ क्रिकेट मैदानमा ब्याट चलाइरहेका छन् । सटिक बलिङ गरिरहेका छन् । अन्तरराष्ट्रिय प्रतियोगितामा नेपालको झण्डा फहराइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)