विश्वकप २०२६ को महाभिडन्त: आज राति हालान्डको नर्वे र इङ्गल्याण्ड भिड्दै, कसको काटिएला सेमिफाइनलको टिकट?
barnanmedia.com · Sat Jul 11 06:13:11 GMT 2026
काठमाडौं / फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा नर्वेले मियामीस्थित हार्ड रक स्टेडियममा इंग्ल्यान्डको सामना गर्दैछ । दुवै टोली सेमिफाइनलमा स्थान सुरक्षित गर्दै विश्वकप यात्रालाई ऐतिहासिक बनाउने लक्ष्यमा छन् । नेपाली समय अनुसार यी दुई टोली बीचको खेल आईतबार बिहान २ः४५ बजे सुरु हुनेछ ।
नर्वे फुटबल संघले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत प्रशिक्षण सत्रका तस्बिर सार्वजनिक गर्दै टोली इंग्ल्यान्डविरुद्धको निर्णायक खेलका लागि पूर्ण रूपमा तयार रहेको जनाएको छ । पोस्टमा लेखिएको छ,‘निर्णायक दिनअघिको दिन ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)