दार्मा गाउँपालिकाको ४२ करोड बजेट
gorkhapatraonline.com · Fri Jun 26 06:31:20 GMT 2026

सल्यानको दार्मा गाउँपालिकाको १९औँ गाउँसभाअन्तर्गत दोस्रो र तेस्रो बैठक सम्पन्न भएको छ। गाउँसभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम तथा अर्थ विधेयक सर्वसम्मत रूपमा पारित गर्दै ४२ करोड १७ लाख ६४ हजार २१२ रुपियाँ बराबरको आय–व्यय (बजेट) स्वीकृत गरेको छ।
गाउँपालिका उपाध्यक्ष जुना मल्लले प्रस्तुत गर्नुभएको बजेटमा कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्यम विकास, सूचना प्रविधि, सामाजिक विकास तथा सुशासनलाई प्राथमिकतामा राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)