महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा
nepalnews.com · Tue Aug 25 11:22:44 GMT 2026

काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्दै आएका २७ वर्षीय राज कठायत रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार आज बानेश्वर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरी जवानले जथाभावी बाटो नकाटी आकाशे पुल प्रयोग गर्न अनुरोध गर्दा कठायतले उनीमाथि हातपात गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)