टेलिकमद्वारा एक मिनेटसम्मको भ्वाइस म्यासेज पठाउन सकिने सेवा सञ्चालन
corporatenepal.com · Tue Aug 25 11:22:09 GMT 2026

काठमाडौं । नेपाल टेलिकमले एकैपटक हजारौं टेलिफोन तथा मोबाइल प्रयोगकर्ताहरुलाई बढीमा एक मिनेट सम्मको Pre-Recorded व्यावसायिक तथा सूचनामूलक जानकारी भ्वाइस म्यासेजको रुपमा पठाउन सकिने Outbound IVR (Interactive Voice Response) सेवा सञ्चालनमा ल्याएको छ ।
यो सेवा संस्थागत तथा व्यक्तिगत ग्राहकहरुका लागि उपयोगी हुनेछ । कम्पनीले केही समय देखि आन्तरिक प्रयोजनका लागि परीक्षण स्वरुप सञ्चालन गरिरहेको यस सेवालाई व्यावसायिक रुपमा सञ्चालनमा ल्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)