मानव सेवा आश्रमलाई श्रीपति समाज सेवा राष्ट्रिय पुरस्कार
ratopati.com · Sat Jul 11 06:39:37 GMT 2026

कास्की । यस वर्षको श्रीपति समाज सेवा राष्ट्रिय पुरस्कार मानव सेवा आश्रमलाई प्रदान गरिने भएको छ । श्रीपति कोइराला गुठी पोखराले स्थापना गरेको यस पुरस्कार राशि नगद रु दुई लाख २२ हजार २२२ रहेको छ । गुठीले आज श्रीपतिको २१९औँ जन्म दिन पारेर पोखरामा कार्यक्रम आयोजना गरी पुरस्कार घोषणा गरेको हो ।
गुठीका अध्यक्ष फणीन्द्रराज कोइरालाले मानवीय सेवामा देशभर क्रियाशील रहेको मानव सेवा आश्रमलाई पुरस्कार प्रदान गर्नका लागि छनोट समितिको सिफारिसअनुसार निर्णय गरिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)