एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच साझेदारी, ग्राहकलाई नि:शुल्क चिकित्सक परामर्श सेवा
ictsamachar.com

काठमाडौं । एनसेल र नेपाल मेडिसिटी अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवालाई सहज र किफायती बनाउने उद्देश्यका साथ एनसेलका ग्राहकहरूलाई नि:शुल्क चिकित्सक परामर्श सेवा उपलब्ध गराउन साझेदारी गरेका छन् ।
यस साझेदारीअन्तर्गत, रु. २९९ वा सोभन्दा माथिको प्याक वा रेन्टल सेवा लिने एनसेल ग्राहकहरूले नेपाल मेडिसिटी अस्पतालको बहिरङ्ग सेवामा नि:शुल्क चिकित्सक परामर्श सेवा लिन सक्नेछन् । त्यस्तै, रु. ९९ देखि रु. २९९ सम्मको प्याक वा रेन्टल सेवा लिएका ग्राहकहरूले बहिरङ्ग सेवाअन्तर्गत चिकित्सक परामर्श शुल्कमा २० प्रतिशत छुट पाउनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)