सोमबारदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण हुने
kathmandupati.com · Sat Jul 11 06:52:01 GMT 2026

काठमाण्डु – सरकारले सोमबारदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने भएको छ । यसका लागि आवश्यक तयारी परराष्ट्र मन्त्रालय र राहदानी विभागबाट अन्तिम चरणमा पुगेको छ ।
परराष्ट्र मन्त्रालयले सोमबारदेखि नयाँ प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सहज, सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन सरकारले सोमवारदेखि नयाँ प्रणालीबाट राहदानी वितरण शुरु गर्न लागको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)