सिनामङ्गल–बानेश्वर क्षेत्रको वाग्मतीबाट दुई मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन
ajakoartha.com · Sat Jul 11 06:50:00 GMT 2026

काठमाडौं- ‘राष्ट्रका लागि हप्ताको दुई घन्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियान ६८७ औँ हप्तामा प्रवेश गरेको छ ।
काठमाडौँ महानगरपालिका वडा न ९ र ३१ स्थित सिनामङ्गलबाट बानेश्वर क्याम्पसअघिको वाग्मती नदी किनारमा ६८७ औँ हप्ताको सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइबाट जम्मा भएको नकुहिने दुई मेट्रिक टन फोहर महानगरपालिकाको वातावरण विभाग टेकुको ट्रकमा राखी व्यवस्थापन गरिएको अभियानकर्मी डा माला खरेलले जानकारी दिईन् । कुहिने फोहर भने नदी किनारमा रोपिएका बिरुवालाई मल हुने गरी गाड्ने व्यवस्था मिलाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)