कार्यवाहक राजदूतको रातो मसीमाथि प्रथम सचिवले गरे एकैदिन ४२ दिनको हाजिरी
nepalpress.com · Tue Aug 25 11:47:11 GMT 2026

जर्मनी । जर्मनस्थित नेपाली राजदूतावासका एक कर्मचारीले एकै दिन ४२ दिनको हाजिरी गरेको खुलासा भएको छ। दूतावासमा कार्यरत प्रथम सचिव रञ्जन यादवले गत वैशाखको अन्तिम सातादेखि असारको पहिलो हप्ताको हाजिरी एकैदिन गरिएको भेटिएको प्रमाण भेटिएको छ ।
दूतावास स्रोतका अनुसार प्रथम सचिव यादवले रातिको समयमा दूतावास खोलेर हाजिरी खातामा हस्ताक्षर गरेको बताइएको छ। यादवले एकै पटक गरेको हाजिरीमा तत्कालीन कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलले कैफियत जनाएको अभिलेखको प्रमाणको तस्बिर नै नेपाल प्रेसले प्राप्त गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)