कोरला नाका जोड्ने छुसाङ-घमी सडक कालोपत्रका लागि ठेक्का आह्वान
aarthiknews.com

काठमाडौं । उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले कोरला नाका जोड्ने छुसाङ–घमी सडकको स्तरोन्नति तथा कालोपत्रका लागि बहुवर्षीय ठेक्का आह्वान गरेको छ।
आयोजनाले शुक्रबार सूचना प्रकाशित गर्दै ४०.२ किलोमिटर सडकलाई दुई प्याकेजमा विभाजन गरी ठेक्का आह्वान गरेको हो। आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार पहिलो प्याकेजअन्तर्गत छुसाङदेखि भेनासम्म २०.१ किलोमिटर र दोस्रो प्याकेजअन्तर्गत भेनादेखि घमीसम्म २०.१ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्र गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)