अनुसन्धान भन्दै घरबाट खसी कुखुरा पनि जफत भयो, फिर्ता भएन : दुर्गा प्रसाईं
baahrakhari.com · Tue Aug 25 12:00:00 GMT 2026

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले खानतलासीका नाममा प्रहरीले आफूलाई अधिक दुःख दिएको बताएका छन् ।
नजरबन्दविरुद्ध रिटको सुनुवाइमा सर्वोच्चमा उपस्थित प्रसाईंले सञ्चारकर्मीहरूसँग यस्तो बताएका हुन्।आफूले इजलास समक्ष प्रहरीले आफ्नो घरबाट खसी कुखुरा समेत जफत गरेको तथ्य पेस गरेको उनले बताए । ''खानतलासीको नाममा ज्यादती भएको छ । मोबाइल, ल्यापटप मात्रै होइन खुकुरा, खसी पनि लगिएको छ । फिर्ता भएको छैन । खसी र कुखुरामाथि कस्तो अनुसन्धान हुन्छ? मैले इजलासमा प्रश्न गरेको छु,'' उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)