सङ्खुवासभा गोल्डकप फुटबल आगामी कात्तिकमा
gorkhapatraonline.com · Tue Aug 25 12:10:40 GMT 2026
सङ्खुवासभाको खाँदबारी नगरपालिका-३ मानेभञ्याङमा सङ्खुवासभा गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । एडभान्स क्लबको आयोजनामा उक्त प्रतियोगिता आगामी कात्तिक १४ देखि २० गतेसम्म हुने छ । सदरमुकाम खाँदबारीमा आयोजक एडभान्स क्लब मानेभञ्याङले आज पत्रकार सम्मेलन गर्दै सो प्रतियोगिताबारे जानकारी दिएको हो ।
‘सामाजिक सद्भावका लागि युवा एकता, विकृति, विसङ्गतीका विरुद्ध खेलकुदद्वारा सहकार्यको प्रतिबद्धता’ नाराका साथ सुरु हुने सो प्रतियोगिताका खेल मानेभञ्ज्याङस्थित महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा खेलाइने छन् । एड्भान्स क्लबले सञ्चालन गर्दै आएको जिल्ला स्तरीय अरुण कपलाई २०६४ सालदेखि परिमार्जन गर्दै अरुण भ्याली रनिङ शिल्ड फुटबल प्रतियोगिताका रूपमा निरन्तरता दिँदै आएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)