प्रथम छायाँनाथ अल्ट्रा रेसमा धीरबहादुर र सुनमाया प्रथम
rajdhanidaily.com · Sun May 17 12:41:11 GMT 2026
मुगु । मुगुम कार्मारोङ गाउँपालिका को आयोजना तथा अल नेपाल स्पोर्ट्स फाउन्डेसनको सहकार्यमा सम्पन्न ‘प्रथम छायाँनाथ अल्ट्रा रेस’मा पुरुषतर्फ धीरबहादुर बुढा र महिलातर्फ सुनमाया बुढा प्रथम भएका छन ।
आइतबार बिहान ६:४० बजे किम्रीबाट सुरु भएको ३३ किलोमिटर दूरीको प्रतियोगितामा १२ महिला र ४६ पुरुष गरी कुल ५८ जना धावक सहभागी भएका थिए । धार्मिक तथा पर्यटकीय महत्व बोकेको रेस किम्रीबाट सुरु भएर छायाँनाथ, चिताइकुना हुँदै पुलुमा पुगेर सम्पन्न भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)