आन्तरिक राजस्व कार्यालयद्वारा दुई अर्ब ३१ करोड राजस्व सङ्कलन
nagariknews.nagariknetwork.com · Tue Aug 25 12:02:09 GMT 2026

आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले गत आर्थिक वर्षमा रु दुई अर्ब ३१ करोड ९९ लाख राजस्व सङ्कलन गरेको छ। कार्यालयका कर अधिकृत सौजन बस्यालका अनुसार आर्थिक वर्ष २०८२ र ८३ मा कार्यालयले आय करतर्फ रु एक अर्ब राजस्व सङ्कलन गरेको छ।
त्यसैगरी भ्याटतर्फ रु ५१ करोड ५८ लाख र अन्तःशुल्कतर्फ रु ८० करोड १५ लाख राजस्व सङ्कलन गरेको छ। कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यको ७७ प्रतिशत राजस्व सङ्कलन गरेको छ। ‘आयकर लक्ष्यभन्दा बढी सङ्कलन भएको छ।’ कर अधिकृत बस्यालले भने , ‘गत आवमा फ्याक्ट्रीहरुले निकासी कम मात्रामा गरेकाले अन्तःशुल्क लक्ष्यअनुसार सङ्कलन हुन सकेन।’
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)