लुम्बिनी : अम्बिकालाई सांसदबाट हटाउन जसपाको पत्र, ह्वीप नमानेको आरोप
nepalpress.com · Tue Aug 25 12:27:45 GMT 2026

रूपन्देही । जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) को लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशसभा सांसद अम्बिका काफ्लेलाई पदबाट हटाउन पार्टीको केन्द्र र सभामुखसमक्ष सिफारिस गरेको छ ।
जसपा नेपाल लुम्बिनी प्रदेश संसदीय दलका नेता सन्तोषकुमार पाण्डेयले भदौ ८ गते पार्टीको केन्द्रीय कार्यालयलाई पत्र पठाउँदै काफ्लेलाई दलबाट निष्कासन गरी प्रदेशसभा सदस्यबाट हटाउने कानुनी प्रक्रिया अघि बढाउन सिफारिस गरेका हुन् । सोही दिन संसदीय दलले प्रदेशसभा सचिवालयलाई समेत पत्र पठाउँदै काफ्लेलाई लुम्बिनी प्रदेशसभाबाट निष्कासन गर्न अनुरोध गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)