कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा तुलाधर
barnanmedia.com · Sat Jul 11 07:33:47 GMT 2026

निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा जानकीकुमारी तुलाधरले सम्हाल्नुभएको छ ।
यसअघिका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी यही असार २३ गते ६५ वर्षे उमेर हदका कारण अवकाश भएपछि त्यसपछिको वरियतामा रहनुभएका आयुक्त डा तुलाधरलाई सो जिम्मेवारी सरेको हो । आयुक्त भण्डारीकै नेतृत्वमा गत फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएको थियो । पाँच सदस्यीय हुने आयोगका हाल आयुक्त डा तुलाधर र आयुक्त सगुनशमशेर जबरा कायम हुनुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)