इरान–अमेरिका युद्ध अन्त्यका लागि वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ भएको पाकिस्तानको दाबी
barnanmedia.com · Tue Aug 25 12:30:38 GMT 2026

पाकिस्तानी अधिकारीहरूले इरानमाथि जारी अमेरिकी–इजरायली युद्ध अन्त्य गर्ने उद्देश्यले तेहरानमा भएको उच्चस्तरीय वार्तामा महत्त्वपूर्ण प्रगति भएको बताएका छन् ।
पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल सैयद आसिम मुनीर र गृहमन्त्री मोहसिन नक्वीले सोमबार एकदिने कूटनीतिक भ्रमणका क्रममा इरानी अधिकारीहरूसँग वार्ता गरेका थिए । पाकिस्तानी सेनाले मंगलबार जारी गरेको विज्ञप्तिमा उक्त भ्रमणलाई अमेरिका–इरानबिच जारी द्वन्द्वको गतिरोध अन्त्य गर्न र दिगो शान्ति तथा क्षेत्रमा अस्थिरताको स्थायी अन्त्यका उपाय खोज्न पाकिस्तानले गरिरहेको कूटनीतिक प्रयासको हिस्सा भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)